हेटौंडा । बागमती प्रदेश सरकार को नीति तथा कार्यक्रम मन्त्रिपरिषद बैठकले पास गरेको छ ।
प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पास गरेको हो । नीति तथा कार्यक्रम दिउँसो संसदमा पेश गरिदैछ ।
नीति तथा कार्यक्रम दिउँसो २ बजे बोलाइएको प्रदेशसभाको बैठकमा प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नेछन् ।
सेयर गर्नुहोस्