हेटौंडा|संसदीय सुनुवाइ समितिले पूर्णता पाएको छ । गठन भएको छ । प्रतिनिधिसभाबाट रहने सदस्यको नाम प्रतिनिधिसभाको बैठकबाट स्वीकृत भएसंग समितिले पूर्णता पाएको हो ।
१५ सदस्यीय समितिमा राष्ट्रियसभाबाट ३ र प्रतिनिधिसभाबाट १२ सदस्य छन् । सभामुख देवराज घिमिरेले सुनुवाइ समितिमा रहने सदस्यहको नाम प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गरेका थिए ।
समितिमा नेपाली कांग्रेसका तर्फबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् भने नेकपा एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम सदस्य रहेका छन् ।
नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपति शम्शेर जबरा र जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी सदस्य छन् ।
यसअघि शनिबार राष्ट्रिय सभाबाट नेपाली कांग्रेसका रमेशजङ्ग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा मनोनीत भइसकेका छन् ।