नक्कली भुटानी शरणार्थी प्रकरणमा बयान जारी

हेटौंडा टुडे
१६ जेष्ठ २०८०, मंगलवार ११:२२

हेटौंडा|नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आज पनि बयान लिइने भएको छ । पक्राउ परेका मध्ये १२ जनाको बयान हुने भएको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उनीहरुको बयान हुनेछ । यसअघि शुक्रबार दुई जना र आइतबार तीन जनाको बयान भइसकेको छ‌ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र‌ संगठित अपराधको अभियोगमा बुधबार मुद्धा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image