विश्वकप छनोट तयारीका लागि नेपाली टोली दक्षिण अफ्रिका प्रस्थान

हेटौंडा टुडे
१७ जेष्ठ २०८०, बुधबार १०:५८

हेटौंडा|  नेपाली राष्ट्रिय क्रिकेट टिम एकदिवसीय विश्वकप छनोटको तयारीका लागि मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गरेको छ । नेपाली टोली विहान २ बजे दक्षिण अफ्रिका प्रस्थान गरेको छ ।

दक्षिण अफ्रिकामा नेपालले चार वटा अभ्यास म्याच खेल्ने कार्यतालिका रहेको छ । त्यसपछि नेपाल त्यहाँबाट जिम्बावेमा हुने विश्वकप छनोट प्रतियोगितामा सहभागी हुनेछ ।

टोलीमा सन्दिप लामिछाने भने सहभागी छैनन् । मंगलबार हुने भनिएको जिल्ला अदालत काठमाडौंको सुनुवाइ स्थगित भएपछि सन्दीप दक्षिण अफ्रिका नगएका हुन् । तर उनले टोलीलाई शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image