सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
१७ जेष्ठ २०८०, बुधबार १४:५५

हेटौंडा| सुनको मूल्य हालसम्मकै उच्च भएको छ। आगामी आर्थिक वर्ष २०७८/८१ को बजेट भाषणमा सुनको भन्सार महसुल बढाइएसँगै स्थानीय बजारमा यसको मूल्यले हालसम्मकै रेकर्ड तोडेको हो।

बुधबार सुन तोलामा १५ सय रुपैयाँले बढ्दै कारोबार मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि सुनको मूल्य उच्च हुँदा प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो।

मंगलबार सुनको मूल्य एकैदिन तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा २० रुपैयाँले वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।

यतिबेला अन्तराष्ट्रिय मूल्य भन्दा भन्सार महसुल बढेका कारण स्थानीय बजारमा सुनको मूल्य बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस १९६०.०५ डलरमा कारोबार भइरहेको छ। यसैगरी चाँदी प्रतिऔंस २३.१९ डलर छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*