शेयर बजार उच्च अंकले घट्यो

हेटौंडा टुडे
१७ जेष्ठ २०८०, बुधबार १५:५९

हेटौंडा| शेयर बजार तीन दिनदेखि लगातार घटिरहेको छ । यसैक्रममा आज पनि बजार उच्च अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३८.८३ अंकले घटेको छ । २.०६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९४९.७९ अंकमा झरेको छ ।

नेप्से तल झरे पनि कारोबार रकम भने उत्साहजनकनै छ । आज २६२ कम्पनीका ८७ लाख ३६ हजार १ सय २८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३१ करोड ५१ लख ६९ हजार ५ सय ७१.९४ रुपियाँ बराबरको कारोबार भएको हो ।

समग्रमा बजार घटे पनि आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन् भने यूनिलिभर नेपाल र एशियन हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी १० र ९.७५ प्रतिशतले घाटा व्यहोरेका छन् ।

नेप्सेका अनुसार आज प्रभु बैंकका संस्थापक शेयर सबैभन्दा बढी कारोबार भएको छ । उक्त बैंकको ३४ करोड २८ लाख १६ हजार १ सय २९ रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*