नागरिकता विधेयक प्रमाणिकरण गर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

हेटौंडा टुडे
१९ जेष्ठ २०८०, शुक्रबार १५:१०

हेटौंडा | नागरिकता विधेयक प्रमाणिकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबाट रिट दर्ता गराएका हुन् ।

रिटमा अघिल्लो संसद्‌बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणिकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ ।

रिटको टुंगो नलाग्दासम्म नागरिकता ऐन, २०६३ को दफा ९ मार्फत मात्र नागरिकता वितरण गरिनुपर्ने माग उक्त रिट निवेदनमा छ ।

रिटमा नागरिकता प्राप्त गर्न नसकी अध्ययन गर्न, पेसा व्यवसाय गर्न अप्ठ्यारोमा परेका नेपाली नागरिक पहिचान गरी अस्थाई निस्सा प्रदान गर्न माग गरिएको छ ।
रिटमाथिको प्रारम्भिक सुनुवाइका लागि आइतबारको पेशी तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*