नेपाली कांग्रेस भ्रष्टाचारी जोगाउने तर्फ अग्रसर – अजयबाबु शिवाकोटी

हेटौंडा टुडे
२० जेष्ठ २०८०, शनिबार २०:४९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीले भ्रष्टाचारका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न नसेकेको गुनासो गरेका छन् । शुक्रबार मकवानपुरको दामनमा आयोजित नेपाल प्रेस युनियन मकवानपुरद्वारा आयोजित कार्ययोजना निर्माण तथा अन्तक्रिया कार्यक्रममा बोल्दै शिवाकोटीले पार्टी भ्रष्टाचारका विषयमा स्पष्ट धारणा बनाउन नसकेको र भ्रष्टाचारी जोगाउने तर्फ अग्रसर भएको बताए ।

भ्रष्टाचार आरोप लगाएका व्यक्ति पार्टीले निलम्बन नगरेर जोगाउने काम गरेको उनको भनाई छ । उनले नेतृत्वको कमजोरीका कारण विगत ८ महिनादेखि केन्द्रीय समितिको बैठक बस्न नसकेको बताए । यथाशिघ्र पार्टीको केन्द्रीय समिति बैठक राखेर भ्रष्टाचार विरुद्धमा स्पष्ट धारणा निर्माण गर्नुपर्ने र आरोप लागेका व्यक्तिहरुलाई निलम्बन गरेर अनुसन्धानमा सधाउन उनले माग गरे ।

‘पार्टीको कुरा गर्ने हो भने न नौ महिनादेखि बैठक छ । न विभागहरुले पूर्णता पाएका छन् । ६ महिना भित्रमा गठन गर्ने भनेको विभागहरु हुन केका छैनन् । न कार्य समितिलाई पूर्णता दिन सकेको छ । न कोषाध्यक्ष नियुक्त गर्न सकिएको छ ।’ उनले भने, ‘भ्रष्टाचारका विषयमा पार्टीको धारणा समेत बाहिर आउन सकेको छैन । भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुलाई निलम्बन गर्न सकेको छैन । यसले पार्टी नै भ्रष्टाचारीहरु जोगाउन अग्रसर रहेको देखिन्छ ।’ पार्टी सभापतिसंग स्पष्ट बहुमत हुँदा हुँदै पनि जिम्मेवारी र जवाफदेहीताबाट भाग्ने काम भइरहेको उनले बताए । ‘हामीलाई के ले अल्झायो रु बहुमतले काम गर्न दिइएन भन्ने हो भने ८४ प्रतिशत सदस्य सभापति संगै छ । सभापतिसंग दुई तिहाइ बराबरको बहुमत सदस्य छन् । नयाँ उत्साह भएका साथिहरुलाई काम गर्ने प्लेटफल किन दिइदैन रु सांसदहरु संसदमा काम गरिरहनु भएको छ र सिनियरहरु कार्य सम्पादन भए । नयाँ आएकाहरुलाई विभागको जिम्मेवारी दिएर काम गर्न लगाए भयो नि ।’ उनले भने । नेतृत्वको कारणले पार्टीको २८ हजार भन्दा बढी मतदातामा वितृष्णा छाएको भन्दै यसतर्फ गम्भिर हुनुपर्ने उनको भनाई छ । उनले प्रेस युनियनबाट पार्टीले सिकेर आफ्ना क्रियाकलापलाई अघि बढाउनु पर्ने बताए ।

‘प्रेस युनियनबाट हामीले सिन्धुपर्ने भएको छ । प्रेस युनियनले आन्तरिक लोकतन्त्रबाट नेतृत्व चयन गरेर संगठनलाई चलायमान बनाउन गतिविधिहरु गर्दै अघि बढीरहेको छ । कसैप्रति सहमती असमती होला । तर प्रेस युनियनले कांग्रेसलाई भेन्टिलेट गर्न प्लेटफमहरु क्रियट गर्दै हिडिरेको छ ।’ शिवाकोटीले भने । उनले पञ्चायतकालिन नेताहरुका कारण पार्टीलाई गतिशिल बनाउन नसकिएको बताए । ‘पञ्चायत कालिन नेताहरुको योगदान ठुलो रहेको छ । तर उहाँले अहिले सामान्य काम गर्ने हैसियतसम्म राख्नु भएन ।’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*