हेटौंडा| प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।
बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल शुरु हुने भएको छ ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ । त्यसपछि बजेटमाथि सामान्य छलफल शुरू हुनेछ ।
यस्तै, बैठकमा पूर्व राज्यमन्त्री एवं कांग्रेस नेतृ मिना पाण्डेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
सेयर गर्नुहोस्