शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आज चार खेल हुँदै

हेटौंडा टुडे
२१ जेष्ठ २०८०, आईतवार १३:४७

हेटौंडा| शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आज चार खेल हुँदैछन् । आज दशरथ रंगशालामा दुई वटा खेल, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक/एक खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा खुमलटार र संकटा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

उता, दिउँसो ३ बजे नै च्यासल मैदान, ललितपुरमामा नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल ३ बजेवाट सुरु हुनेछ ।
यस्तै, रंगशालामा नै हुने दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । उक्त खेलमा फ्रेन्डस क्लब र मनाङ मर्स्याङदीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image