
हेटौंडा| नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज दक्षिणअफ्रिका जाँदैछन् । आईसीसी विश्वकप एकदिवसीय छनोटको अभ्यास खेलका लागि उनी दक्षिण अफ्रिका जान लागेका हुन् ।
राष्ट्रिय क्रिकेट टोली मंगलबार नै दक्षिण अफ्रिका गइसकेको भएपनि बलात्कार आरोपमा सर्वोच्च अदालतमा पेशी रहेका कारण लामिछाने टोलीसँग जान पाएका थिएनन् ।
लामिछानेका कानुन व्यवसायीको अनुरोधमा पेशी असार २९ गतेसम्मलाई सरेपछि उनी प्रशिक्षक मोन्टी देशाइसँगै दक्षिण अफ्रिका जाने भएका छन् ।


सेयर गर्नुहोस्