आज हेटौंडामा ५१ औं विश्व वातावरण दिवस मनाइएको छ । प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका वातावरण दिवस हेटौंडामा मनाइएको हो। टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको आयोजनामा सोमबार वातावरण दिवस मनाइएको हो ।
समितिले उक्त दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी सोमाबर समापन गरेको छ । हेटौंडाका १९ वटै वडाहरुमा रहेका टोल विकास संस्थाहरुले आफ्नै क्षेत्रमा र हेटौंडाको मुख्य बजार वरपरका क्षेत्रका टोल विकास संस्थाहरुले बजार क्षेत्रमा ¥याली निकालिएको थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, हुप्रचौरबाट सुरु भएको र्याली शितलमहल चोक, पारिजातपथ, ओम भवन, बुद्ध चोकहुँदै रोयल पार्टी प्यालेसमा पुगेर कोणसभामा परिणत भएको थियो । उक्त कार्यक्रममा टोल विकास संस्था दर्पण पुस्तिका समेत विमोचन गरिएको छ । यस्तै, कार्यक्रममा टोल विकासमा रहेर वातावरण संरक्षणमा सहयोग पु¥याउने रामकृष्ण थापा र ज्ञान बहादुर थापालाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ट र्यालि पुरस्कार तर्फ विकास टोल विकास संस्था हेटौंडा–८ प्रथम, अब्बल डाडा टोल विकास संस्था हेटौंडा–५ दोश्रो, सिमलटार टोल विकास संस्था हेटौंडा–११ तेश्रो, मैदाटोल विकास संस्था हेटौंडा–८, सामुदायिक विकास तथा सचेतना नेपाल र पच्चेबाजा समुह हेटौंडा– १ सान्तवना भएका छन । सप्ताहव्यापी रुपमा आयोजना भएका कार्यक्रममा उत्कृष्ट हुने प्रतियोगीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।टोल विकास संस्था नगरसमन्वय समितिका अध्यक्ष धुर्व अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, भारती पाठक, एकालाल श्रेष्ठ, हेटौंडा उपमाहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, हेटौंडा उपमहानगरपालिकाका वडा अध्यक्षहरु, टोल विकासका संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।