निर्माणाधिन स्वास्थ्य चौकी भवनको फलाम चोर्ने पक्राउ

हेटौंडा टुडे
२३ जेष्ठ २०८०, मंगलवार १२:२७

हेटौंडा|हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्राचौरस्थित निर्माणाधिन अवस्थामा रहेको स्वास्थ्य चौकी भवनको फलाम चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको तुल्सिपुर नगरपालिका–११, बिजौरी घर भई हाल हेटौंडा बजारको सडक पेटिमा सुती हिड्ने २६ वर्षीय नारायण बोहरा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार, सोमबार साँझ साढे ६ बजेको समयमा निर्माणाधिन स्वास्थ्य चौकी भवनको फलाम चोरी गरी बोरामा बाकी हिडिरहेको अवस्थामा बोहरालाई पक्राउ गरिएको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको मोबाईल टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image