हेटौंडा| नेपाली बजारमा मंगलबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सेयर गर्नुहोस्