हेटौंडा| साप्ताहिक कारोबारको तेस्रो दिन, मंगलबार सेयर बजार उकालो लागेको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.६६ अंकले बढेर १९२७.६५ अंकमा पुगेको छ।
मंगलबारको कारोबारमा २६९ कम्पनीको ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर ३६ हजार ११८ पटक खरिदबिक्री हुँदा १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०० बराबरको कारोबार भएको छ।
मंगलबार सबै समूहका उपसूचक हरियो देखिएका छन्। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ४३१.६९ र होटल तथा पर्यटन समूहको उपसूचक १५६.९४ अंकले बढेको छ।
बैंकिङ समूह १.८०, विकास बैंक २७.४८, वित्त १८.५५, जलविद्युत् ७५.७५ र लगानी ०.६६ अंकले बढेको छ। त्यसैगरी, उत्पादन तथा प्रशोधन ३२.४६, म्युचुअल फन्ड ०.१८, व्यापार २९.८४ र अन्य समूह ३.९५ अंकले बढेको छ।
आज न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ९.८५ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने सेन्चुरी डिभेञ्चर २०८८ को सेयर मूल्य ३.०४ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा मंगलबार सोल्टी होटल लिमिटेडको ९ करोड ६८ लाख ७२ हजार ४३३ बराबरको २ लाख ८४ हजार ९५५ कित्ता सेयर किनबेच भएको छ।