हेटौंडा| नेपाली कांग्रेसका सांसद गगन थापाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले निर्वाचन आयोगको भूमिका खुम्चिने गरी जिल्ला निर्वाचन कार्यालय खारेज गरेको बताए ।
जिल्ला निर्वाचन कार्यालयको काम जिल्ला प्रशासन कार्यालयमार्फत् गर्ने विषय बजेटमा राखिनु सरकारको गल्ती रहेको र यसलाई सच्याउनुपर्ने उनको भनाइ छ ।
सेयर गर्नुहोस्