शेयर बजारमा झिनो अंकको सुधार

हेटौंडा टुडे
२५ जेष्ठ २०८०, बिहीबार १७:०७

हेटौंडा|आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ७.२७ अंकले बढेर १९३९ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सामान्य सुधार देखिएसँगै आज कारोबार रकम पनि बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २७३ कम्पनीको ५९ लाख ६२ हजार ९३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३० करोडमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये बैकिङ्ग इन्डेक्स, होटल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन उपसूचक बाहेकका सबै सूचकमा हरियाली छाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*