विभिन्न विषय उठान गर्दै मकवानपुरगढीमा एकीकृत समाजवादीको ज्ञापनपत्र

हेटौंडा टुडे
२६ जेष्ठ २०८०, शुक्रबार ११:०७

हेटौंडा| मकवानपुरगढी गाउँपालिकामा भएको विविध कमिकमजाेरी र जनसरोकारका विषय वस्तु र विकास प्रति विशेष चासो राख्दै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले मकवानपुरगढी गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
नेकपा (एकिकृत समाजवादी) मकवानपुरगढी गाउँ कमिटीले गाउँपालिका अध्यक्ष /उपाध्यक्ष लाई विभिन्न मागहरु राख्दै जेठ २५ गते ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र बुझाइएको मितिबाट १५ दिन भित्र पार्टीको मागलाई सम्वाेधन नगरीकन बेवास्ता , अटेरी गरेमा थप संघर्षको कार्यक्रमहरु गर्ने
मकवानपुर जिल्ला कमिटी सचिवालय सदस्य एवम् मकवानपुरगढी सह-ईन्चार्ज राजप्रकाश भण्डारीले बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष /उपाध्यक्षले मागहरु प्रति सकारात्मक रहेको भन्दै विकास निर्माण लगायत जनसरोकारका विषयमा नेकपा (एकिकृत समाजवादी) ले उठाएको मागहरू प्रति सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँले बताउनुभयो । गाउँपालिकाले गर्ने सर्वदलीय बैठकमा एकीकृत समाजवादीलाई पनि समावेश गराइनुपर्ने , सामरी खोलामा मापदण्ड विपरीत नदिजन्य पदार्थ उत्खनन गरि बिक्री गरिएको भन्दै त्यस्तो कार्य तत्काल रोकि सत्यतथ्य सार्वजनिक गरिनुपर्ने , गाउँपालिका भित्रका क्रसर उद्योग र शिवम सिमेन्ट उद्योगसँग पालिकाले लिनुपर्ने रोयल्टी तत्काल उठाउनुपर्ने लगायतका मागहरु ज्ञापनपत्रमा समावेश गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*