हेटौंडा| कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सरकारको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
सभामुख नन्दा गुरुङले मुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा नीति तथा कार्यक्रम पारितका लागि निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो । यसअघि बैठकले नीति तथा कार्यक्रममाथि राखिएका संशोधन बहुमतले अस्वीकृत गरेको थियोे ।
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले जेठ २१ गते प्रदेश सरकारको आव २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
सेयर गर्नुहोस्