हेटौंडा|आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज ७ अंकले बढेर १९८७ को विन्दुमा कायम हुन पुगेको छ ।
अघिल्लो दिनको तुलनामा सोमबार कारोबार रकम भने घट्न पुगेको छ । आज शेयर बजारमा जम्मा २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमास सूचीकृत २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता शेयर किनबेच हुँदा पोने ३ अर्बको कारोबार भएको हो ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैकिङ्ग, होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्य उपसूचक बढेका छन् भने बाँकी सबै उपसूचक घटेको छ ।
सेयर गर्नुहोस्