हेटौंडा| मंगलबार सेयरबजार पुनः २ हजार बिन्दुमाथि उक्लिएको छ। पछिल्लो समय निरन्तर बढेर बजार २ हजार १२.६० बिन्दुमा चढेको हो।
२०८० जेठ ३० गते मंगलबार १२.२५ बजे बजार २०१२.६० बिन्दुमा पुगेको छ।
७० कारोबारपछि बजार २ हजार बिन्दुमाथि उक्लिन पुगेको छ। गत फागुन १६ गते बजार २०१९ बिन्दुमा थियो। त्यसपछि निरन्तर घटेको बजार बल्ल २ हजार बिन्दुमाथि उक्लिएको छ।
यतिबेला बजार २३.०५ अंकले बढेको छ। बढेको बजारमा ९४ करोडको कारोबार भएको छ।
सेयर गर्नुहोस्