हेटौंडा । खानेपानीको अभाब लाई ब्यबस्थापन गर्नको निमित्त र अधुरो खानेपानी योजना पुरा गर्नको लागि मकवानपुर गढी गाउपलिका अध्ध्यक्ष् दोर्जे लामा स्याङ्तान सहितको जम्बो टोलि हिजो मंगलबार मकवानपुर गढी गाउपलिका वडा नम्बर ७ को कोलनको ढुङ्गे मुहान पुगेका छ । वडा नम्बर २ का बासिन्दाका लागि पिउने खानेपानी वडा बासीलाई खुवाउनको निमित्त मंगलबार बिहानै बाट वडा नम्बर दुई हुदै वडा नम्बर ७ सुकौरा कलोंनको लेक जंगल क्षेत्रमा पालिका अध्यक्ष् लामा र वडा नम्बर २ का अध्यक्ष बखान सिह पाख्रिन ,वडा सदस्यहरू र वडा नम्बर २ र वडा नम्बर ७ का स्थानिबासीहरुले जनश्र्रम गरेका छन् ।उनीहरु बिहान सात बजेबाट सुरु गरेको जनश्रम दान मार्फत पानीको मुहानमा खानेपानी पाईप बोकेर मुहान लगातार चार घण्टा यात्रा पछी पानीको मुहानमा पुगेको थियो ।
मकवानपुरगढी गाउपालिकाको पुजीगत खर्च बाट ६ लाख रुपैयामा सम्झौता भएको यो योजना उपभोक्ता समिता मार्फत काम सुरु भईरहेको छ । हिजो मंगलबार बाट सुरु गरिएको अधुरो खानेपानि योजना अन्तर्गत हिजो र आज गरि करिब गरि करिब दुई सय वटा पानीको पाईपहरू पानीको मुहानमा पुराउने काम पहिलो चरणमा गरिने वडा अध्यक्ष पाखृनले बताउनु भयो । त्यस लगत्तै पाईपहरु तान्ने , जोड्ने कामलाई निरन्तरता दिईने र करिब एक हप्तामा यो काम सम्पन्न गर्ने र खाने पानि घर घर बित्तरण गर्ने गाउपलिका अध्यक्ष् दोर्जे लामा स्याङ्तानले बताउनु भयो ।
यो खाने पानि योजना सम्पन्न भए पछी वडा नम्बर ७ का केहि भूभाग र वडा नम्बर २ का जितपुर भञ्ज्याङ् , ढुंगेगढी , मोडभञ्ज्याङ् , मोहरे , मापुन , तितुंग डाडा दरवार पाखा अधेरी ,ऐतिहासिक मकवानपुर गढी दरवार लगाएतका दुई सय घर धुरी लाभान्वित हुने छन् साथै खानेपानी अभाब व्यहोरी रहेका वडा बासिन्दा हरूले जनश्रमदान स्वत स्फूर्त गरेका र प्याल्याटिकको पाईप जंगलबाट बिछाउदै वडामा खानेपानी लागिन लागेको र दिर्घकालिका हिसाबले खोला पहिरो र डढेलोबाट बच्नको निमित आफुहरु सचेत भइ काम गर्न लागेको वडा अध्यक्ष् बखान सिह पाख्रिनले बताउनु भयो ।
बिगत चार बर्ष अधि देखिनै यो योजना अधुरो रहेकोले अहिले बल्ल पूर्णता पाउन लागेको स्थानिय बासिन्दा बताउछ्न । बिगतमा खोला, पहिरो र डडेलोको कारण ले गर्दा क्षति भएकाले गर्दा यो योजना सम्प्पन्न हुन नसकेको पालिका अध्क्षय लामाले बताउनु भयो । हामीले आजबाट काम सुरु गरेका छौ अबको एक हप्त्ता भित्र यो योजना कुनै हालतमा सम्म्पन गरि करिब २ सय परिवार लाभान्वित हुने र करिब डेड लाख लिटरको क्षमता रहेको ढुङेगढीको निर्माण भईसकेको पानीको ट्यांकीमा पानि खसालेरी छाडने लामाले बताउनु भयो । वडा ७ को जंगलबाट २ नम्बर वडामा ल्याईएको खानेपानी २ नम्बर वडाबासिलाई खानेपानी बित्तरणमा केहि सहज हुने र यति टाडाबाट न्याईएको खानेपानीले २ नम्बर वडाका माथिल्लो भूभागमा बस्ने वडा बासीहरुलाई केहि राहत मिल्ने अपेक्षा रहेको लामाले बताउनु भयो ।
।
पुरा भिडियो हेर्नको लागि तलको लिंक खोल्नु होला