मकवानपुरगढीमा प्रथम गाउँपालिका स्तरीय बुद्धिचाल प्रतियोगिता सुरु

हेटौंडा टुडे
१ असार २०८०, शुक्रबार २१:१९
Featured Video Play Icon

हेटौंडा  । मकवानपुरगढीमा प्रथम गाउपालिका स्तरीय बुद्दीचाल (चेस) प्रतियोगिता आज बाट सुरु भएको छ । मकवानपुरगढी गाउँपलिका बुद्धि चाल संघको आयोजना र मकवानपुरगढी गाउँपलिका वडा नम्बर- ३ को आर्थिक सहायोगमा बुद्धि चाल (चेस) प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिता उद्घाटन गर्दै मकवानपुरकागढी गाउपलिका अध्यक्ष् दोर्जे लामा स्याङतानले यो खेलले बिद्यार्थीहरुको बौद्धिक गुणस्तर बढाउँनुका साथै दायाँ र वायाँ मस्तिष्कको दुबै पक्षलाई अभ्यास गराउन सहयोग गर्ने बताउनु भयो साथ साथै  बिद्यार्थीहरुको मस्तिष्क मेमोरीमा सुधार गरे संगै मस्तिष्कको विकासमा वृद्धि गर्ने खेल रहेकाले आफुलाई पनि यो खेल औधि मन पर्ने कुरा ब्यक्त गर्नु भयो साथै यस्तो प्रतियोगितालाई निरन्तर रुपमा अगाडी बढाउन पर्नेमा जोड दिदै प्रतियोगिताको लागी आगामी बर्ष हरुमा पालिका स्तरबाट पनि सहायोग गर्ने कुरामा जोड दिनु भयो ।

आज सुक्रबारबाट सुरु भएको यो प्रतियोगितामा पालिका ३६ जना प्रतियोगी छन् । प्रतियोगिता छ राउण्डको खेल हुने छ भने खेलमा खेलको पोईन्टको र स्विइच मेथार्डको आधारमा बिजेता घोषणा गरिने संघका सचिब बिदुर हुमागाईले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम पुरस्कार रु दस हजार, दोस्रो पुरस्कार रु पाच हजार, र तेस्रो पुरस्कार रु तिन हजारसम्म पुरस्कार प्रदान गरिनेछ । सुक्रबारबाट सुरु भएको बुद्धिचाल (चेस )प्रतियोगिता असार २ गते सनिबारसम्म सञ्चालन हुने छ।

मकवानपुरगढी गाउपलिका बुद्धि चाल संघका अध्यक्ष् उद्धव सापकोटाको सभा अध्यक्ष्तामा भएको कार्यक्रममा गाउपलिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख अथियतामा कार्यक्रम संम्पन्न भएको थियो । कार्यक्रममा विशेख अतिथि ३ नम्बर वडा का अध्यक्ष् भागबट घिमिरे , बिभिन्न संग सस्था , शिक्षक बिध्याथि पत्रकार  लगाएतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image