हेटौंडा ।मकवानपुरगढी गाउपालिकाका अध्यक्ष् दोर्जे लामा स्याङ्तानले भ्रष्टाचार बोलेर होईन काम र ब्यबहारले मात्र अन्त्य हुने कुरा बताउनु भएको छ । आज मकवानपुरगढी गगाउँपलिका वडा नम्बर ४ मा आयोजित युवा लक्षित् ब्यबसाय प्रबधर्दन तालिमका कार्यक्रममा बोल्दै अध्यक्ष् स्याङतानले यस्तो बताउनु भएको हो । उनले देशमा भ्रष्टाचारको अन्त्य नभएसम्म देशलाई विकासतर्फ डोहो¥याउन कठिन हुने भएकाले यो राष्ट्रिय समस्याको रुपमा रहेको बताए । भ्रष्टाचारको अन्त्य बोलेर भाषण गरेर मात्र निर्मूल नहुने र काम र ब्यबहारले मात्र अन्त्य हुने कुरामा जोड दिनु भयो । साथै वर्तमान अवस्थामा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्प नेतादेखि कर्मचारीसम्मले गर्नु पर्ने पनि बताउनु भयो । तेस्तै अध्यक्ष् लामाले कार्यक्रममा बोल्दै आजको दिनमा सिप र क्षमता एकदमै आवश्यक रहेको र सिप सिक्न पर्नेमा युवा माझ जोड दिनुभयो । साथै अब आफ्नो ठाउँमा समृद्धि ल्याउनको निम्ति सबै ठाउबाट युवा शक्तिहरू एक जुट हुनु पार्नमा पनि जोड दिनु भयो ।
मकवानपुरगढी गाउपलिकाको आर्थिक सहयोग र जे सी आई मकवानपुरगढीको आयोजना युवा लक्षित् ब्यबसाय प्रबधर्दन तालिका आज बाट शूरु गरिएको हो । तालिम २ दिन सम्म संचालन हुने छ भने भोलि आइतबार सम्पन्न हुने छ अर्धव्यबसायिबाट व्यवसायिक तर्फ उन्मुख गर्ने उदेश्यले यो तालिम संचालन गरिएको हो र तालिममा युवा सदस्यहरुको सहभागिता रहेको थियो ।
तालिमले युवाहरुलाई सामाजिक कार्यमा लाग्न प्रेरित गर्नेछ । उनीहरुलाई वर्तमान अवस्थाको विषयमा जानकारी गराइएने प्रस्तावित जे सी आई मकवानपुरगढी गाउपलिकाका अध्यक्ष पुष्प पुडासैनीले बताउनु भयो उनले जीवनमा सिकाइ कहिल्यै अन्त्य नहुने पनि बताउनु भयो । उनका अनुसार युवाहरुलाई हरेक सिप संगै देशका हरेक कुरामा जानकारी राख्नु पर्ने बताउनु भयो ।
प्रस्तावित जे सी आई मकवानपुरगढीका अध्यक्ष् पुष्पराज पुडासैनीको सभा अध्यक्ष्तामा भएको कार्यक्रममा गाउपालिका अध्यक्ष् दोर्जे लामा स्याङतानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।