
सुक्रबार बाट सुरु भएको मकवानपुरगढी गाउँपालिका स्तरिय बुद्धिचाल प्रतियोगिताको प्रथम नवराज हुमागाई हुनु भएको छ । मकवानपुरगढी गाउँपालिका बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगितामा उद्धव प्रसाद सापकोटा द्धितिय, राजकुमार योन्जन तृतिय, दिवश दुलाल चौथो र दिपक तिमल्सिना पाँचौ हुनु भएको छ । प्रतियोगितामा प्रथम, दितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश १० हजार,५ हजार, ३ हजार र ५ सय रुपैया सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा जमुना सापकोटा महिला तर्फ उत्कृष्ट, बिप्सना देवकोटा महिला तर्फ सान्त्वना, भरत प्रसाद फुयाल ५२ बर्ष माथि, आर्जन हुमागाई १५ बर्ष मुनी उत्कृष्ट भएकोले रु १ – १ हजार रुपैया प्रदान गरिएको छ । कृष्ण थापा रेफ्री रहनु भएको प्रतियोगितामा ३६ जनाको सहभागिता रहेको थियो ।मकवानपुरगाउँपालिका वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरेको प्रमुख अतिथ्यता र मकवानपुरगढी बुद्धिचाल संघ अध्यक्ष उद्धव प्रसाद सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो । प्रतियोगिता संचालन गर्न ३ नम्बर वडा कार्यालयले ५० हजार रुपैया आर्थिक सहयोग गरेको थियो ।

