हेटौंडा| । विभिन्न दलहरू मिलेर आज समाजवादी मोर्चा घोषणा हुँदैछ । दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर मोर्चा घोषणा हुने भएको हो ।
नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरूसहितको समाजवादी मोर्चाको आज घोषणा गरिने जनाइएको छ ।
समाजवादी मोर्चा बनेपछि मोर्चा संसदमा तेस्रो शक्तिका रुपमा रहने छ । जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी ५४ सांसद हुनेछन् ।
मोर्चाले भविष्यमा एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ ।
सेयर गर्नुहोस्