हेटौंडामा हुँदै नभएको वडा र खोलामा पुल बनाउन १ करोड बजेट

हेटौंडा टुडे
५ असार २०८०, मंगलवार ११:१७

हेटौंडा। बागमती प्रदेश सरकारले मन्त्रालय अन्तर्गतको बजेट बाँडफाड  गरेको पाईएको छ । प्रदेशले आफ्नै राजधानी हेटौंडा उपमहानगरपालिकालाई नगरपालिका बनाएर हुँदै नभएको वडा र खोलामा पुल बनाउन बजेट छुट्याएको छ ।प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले हेटौंडा उपमहानगरलाई नगरपालिका बनाएर वडा नं २० र २२ लाई मोटरबाटोसंग जोड्न कर्रा खोलामा पुल निर्माणका लागि १ करोड बजेट विनियोजन गरेको छ ।

जबकि हेटौंडा २०७४ सालदेखि उपमहानगर भएको थियो भने यहाँ १९ वटा मात्रै वडा रहेका छन् । हेटौंडाको कर्रा खोला वडा नं।१८,१७,१६,६,५,४,७,८,९ र १० हुँदै त्रिवेणीस्थित राप्तिखोलामा मिसिन्छ ।

त्यसैगरी हेटौंडा उपमहानगरपालिका जनप्रतिनिधिहरुलाई थाहा छैन, हेटौंडा उपमहानगरपालिका क्षेत्र नं ३ कहाँ छ र त्यहाँ पोखरेनी कुकरेनी नाम गरेको खोला पनि छ भनेर । तर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले हेटौंडा उपमहानगरपालिका क्षेत्र नं।३ को पोखरेनी कुकरेनीमा पुल निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको छ ।

त्यहाँका स्थानीयहरु पोखरेनी कुकरेनी कहाँबाट बँसाई सरेर आयो भन्दै व्यङग्य गरेका छन् । प्रदेश सरकारको योजनागत बजेट बाँडफाँड ब्यापक त्रुटि देखिन्छ । बुझ्नै नसकिने र दुई अर्थी समेत छन् ।

आमभञ्ज्याङ गाविस र गढी गाविस अस्तित्वमै छैनन्, तर आमभज्याङ गाविस–३ र गढी गाविस–७ जोड्ने पुल निर्माणका लागि सिमलटार र सामरी दुई वटा नाम दिएर ५० लाख छुट्याएको छ ।

उक्त कार्यालयले हुँदै नभएको वडा र खोला खोजेर पुल निर्माण कसरी गर्छ, त्यो भने हेर्न बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*