हेटौंडा| हालसालै संघ र प्रदेश सरकारले बजेट बिनियोजन गरिसकेपछि आ-आफ्नो ठाउँबाट टिक्का टिप्पणी आइरहेको बेला मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतिले गाउँबासीको नाममा सम्बोधन गर्नु भएको छ।
गाउँबासीको नाममा सम्बोधन गर्नुहुँदै पालिका अध्यक्ष कलाखेतिले ‘प्रदेश र संघीय सरकारबाट बिनियोजन भएको बजेट मनहरी गाउँपालिकाले अपेक्षा गरे बमोजिम समस्याहरु समेट्न नसकिने गरि बजेट आएको बताउनुभयो।’
‘बजेटको लागि हामीले धेरै पटक संघ र प्रदेश सरकारको मन्त्रालय धायौ, माग गर्यौ तर बिनियोजनको बेला सम्बोधन कम भएको देखियो, तथापी देशको आर्थिक अबस्थाले गर्दा होला, ‘पहिलाको अनुपातमा माग गरेको बमोजिम बजेट आउन नसकेको उहाँको भनाई छ ।
आगामी ४ बर्ष भित्रमा सक्दो प्रयास गरेर आगामी बर्षमा संघ र प्रदेश सरकारसंग समन्वय गरेर मनहरी गाउँपालिकामा बजेट ल्याएर सम्मुनत विकास गरिने प्रतिबद्धता ब्यक्त गर्न चाहन्छौ। उहाले भन्नु भयो।
यद्यपि पालिकाले नीति कार्यक्रम तथा बजेट पेस गर्दैछ। संघ र प्रदेश सरकारले समेट्न नसकेको बजेटहरु अब पालिकाले सम्बोधन गरि समस्यालाई हल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो।