हेटौंडा| जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशनमा आज समूहगत छलफल हुँदैछ ।
अधिवेशनको दोस्रो दिन आज पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि समूहगत छलफल हुने भएको हो । १० समूहमा विभाजित भइ सहभागीहरूले विधानमाथि छलफल गर्नेछन् । छलफलको निष्कर्ष समूहगत रूपमा प्रस्तुत हुने जनाइएको छ ।
अधिवेशनमा केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठनलगायत देश तथा प्रवाससमेतबाट गरी करिव ८०० प्रतिनिधिहरू सहभागी छन् ।
सेयर गर्नुहोस्