हेटौडा । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा अपराह्न १ बजे बस्ने भएको हो । उक्त बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०८०–०८१ को अनुमाति बजेटमाथि पूर्ण छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।उनका अनुसार, प्रदेश सभा सचिवालयमा सोमबार बसेको कार्यपरार्मश व्यवस्थापन समितिको बैठकले उक्त कार्यसूची तयार पारेको हो ।
गत असार १ गते बसेको प्रदेश सभाको बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले प्रदेश सरकारको तर्फबाट आगामी आवको अनुमानित बजेट सार्वजनिक गरेका थिए ।
यस्तै, सोही दिन अपराह्न बसेको दोस्रो बैठकमा आर्थिक विधेयकसहित विभिन्न ६ वटा विधेयक प्रस्तावहरु टेबुल गरिएलगतै प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले अर्को बैठक असार १२ गते बस्ने जानकारी गराउँदै उक्त बैठक स्थगित गरेका थिए ।