हेटौंडा| प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।
आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । बजेट विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यलाई निरन्तरता दिइएको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
सेयर गर्नुहोस्