हेटौंडा| हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमानेबाट अवैध लागूऔषध खैरो हिरोईनसहित प्रहरीले सोमबार तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३१ वर्षीय बिशाल रावत, १८ वर्षीय किशोर र हेटौंडा उपमहानगरपालिका–१०, निउरेनी बस्ने ३२ वर्षीय बिमल भोलन रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट लागूऔषध खैरो हिरोईन २५ ग्राम, तौल गर्ने मेसिन १ थान, नगद ५ हजार रुपैयाँ र मोबाइल ५ थान बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।
सेयर गर्नुहोस्