गृहमन्त्री श्रेष्ठ ५ दिने भ्रमणका लागि चीन प्रस्थान

हेटौंडा टुडे
१३ असार २०८०, बुधबार १३:१६

हेटौंडा|  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ५ दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। श्रेष्ठ  गएराति ११:२० बजेको उडानमार्फत् चीन प्रस्थान गरेका हुन् ।

गृहमन्त्री श्रेष्ठले बिहीबार हुने ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोहमा विशेष अतिथिका रूपमा सम्बोधन गर्नेछन् । त्यस्तै, छेन्दुको योजना प्रदर्शनी हल र अन्तर्राष्ट्रिय शहर सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन र चिनियाँ कम्युनिस्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रिभोजमा सरिक हुनेछन् ।

शुक्रबार सिचुवान विश्वविद्यालय नेतृत्वसँग भेटघाट, त्यहाँ अध्ययनरत चिनियाँ, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन मन्तव्य दिने, विश्वविद्यालयको ‘हाइड्रोलिक्स’ र ‘माउन्ट रिभर इन्जिनियरिङ’ प्रयोगशालाको अवलोकन गर्ने र सिचुवान एयरलाइन्स र प्रान्तीय लगानी समूहका अधिकारीहरूलाई भेट्ने कार्यक्रम छ।

शनिबार श्रेष्ठले भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’को अवलोकन भ्रमण गर्ने र दुजियाङ्गानस्थित चीनकै पुरानो सिँचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन गर्ने भ्रमण तालिका छ ।
उनी आइतबार स्वदेश फर्किनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*