हेटौंडा| हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ राटोमाटेबाट मंगलबार भन्सार छलि ल्याईएका अवैध कपडा तथा चकलेट बरामद भएको छ ।
मंगलबार अपराह्न २ः१० बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले भन्सार छलि गरी चोरी पैठारी गरी लुकाई छिपाई ल्याएको १ लाख ४६ हजार ९ सय रुपैयाँ बराबरको अवैध कपडा तथा चकलेट बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार, काँकडभित्ताबाट हेटांैडा तर्फ आंउदै गरेको प्र.१–०२–००१ ख ९७५७ नं.को यात्रु बाहक बसलाई रोकी चेकजांच गर्ने क्रममा उक्त बसको पछाडी डिक्की भित्र लुकाई छिपाई ल्याएको उक्त रकमको सामान बरामद गरिएको हो ।
प्रहरीले लेडिज कुर्था सुरुवाल ४१ थान, किटक्याट ४८ प्याकेट र डेरिमिल्क सानो ठुलो गरी ६७ प्याकेट बरामद गरेको हो । बरामद उक्त सामान आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने कार्य भइरहेको मकजानपुर प्रहरीले जनाएको छ ।