
हेटौंडा| प्रदेश स्तरीय देखियको अपाङ्गता भयका व्यक्तिहरुको सवाल कार्यन्वयनमा देखिएको समस्या चुनौती र समाधानको उपायमा पत्रकारहरुसंग बुधबार अन्तरक्रिया कार्यक्रम भयको हो।यस कार्यक्रमको प्रस्तुतकर्ताको रुपमा प्रदेश व्यवस्थापक सिता मल्ल रहेकि थिइन् ।
राष्ट्रिय अपांङ्ग महासंघ नेपालद्वारा सबै प्रकृतिका अपाङ्गता भयका व्यक्तिहरुको हक अधिकारका सवालमा काम गर्ने छाता संस्था रहेको छ।यस संस्थाको मुख्य उदेश्यको रुपमा प्रदेश स्तरमा रहेको विभिन्न सरोकारवाला निकायहरू र सरकारि निकायबिच अपङ्गता भयका व्यक्तिहरुको सेवा सुविधा ,अधिकार र अवसरहरुमा पहुँच पुर्याउनको लागि समन्वय वकालत पैरवि गर्नु हो।संस्था बृहत र कार्य क्षेत्रहरुमा पैरवी , जनचेतना , क्षमता विकास, संजालिकरण र समन्वय गर्नु हो।राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको उपलब्धिहरुमा सांकेतिक भाषाको दोभाषे सहितको अपाङ्गता सूचना केन्द्र संचालन सामाजिक विकास मन्त्रालय २०७६मा स्थापन हुनु,अपाङ्गता भयका व्यक्तिहरुको बारे एकै स्थानबाट सूचना लिनको लागि मोबाइल एप्लिकेसन संचालन हुनु, पहुँचयुक्त सूचना मुलक भिडियो समाग्री निर्माण गर्नु रहेको छ।र महासंघले अपाङ्गता सूचना केन्द्र बागमती प्रदेश नामक आधिकारिक फेसबुक पेज राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश नामक आधिकारिक यु ट्युव खाता nfdbagmatioffcial नामक आधिकारिक टिक टक खाता संचालनमा ल्यायको छ।र निरन्तर सूचना प्रवाह गर्दै आएको छ।दृस्ठिविहिन मैत्री वेबसाईट निर्माण एवम् अद्यावधिक गर्नेको लागि कार्यक्रम ल्याउन सफल भएको छ।प्रदेशस्तरिय अपाङ्गता निर्देशन समिति गठन सफल भएको छ। र सदस्य संस्थाको क्षमता विकास भएको प्रदेश व्यवस्थापक सिता मल्लले बताय।
कार्यक्रममा पहुँच परिक्षण सम्बन्धमा,प्रदेश सरकार आ.व.२०८०\ ८१ नीति कार्यक्रम बजेटमा अपाङ्गता भएको सवाल,अपाङ्गता भएका व्यक्तिहरु मानव अधिकारको अवस्था र प्रदेश निजामति सेवा २०७९को विषयमा छलफल भएको हो। कार्यक्रमको मुल उद्देश्यको रुपमा अपाङ्गता भएको व्यक्तिहरुको सवालप्रति पत्रकारीताको माध्यमबाट सरकारलाइ ध्यानाकर्षन गराउनु हो।
कार्यक्रम राष्ट्रिय अपांङ्ग महासंघ नेपालका अध्यक्ष,प्रदेश व्यवस्थापक तथा पत्रकारहरुको उपस्थितिमा समापन भएको हो।


सेयर गर्नुहोस्