हेटौडा । मनहरी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि र सञ्चारकर्मीबीच हिजो बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा गाउँपालिकाको सहकार्यमा सञ्चारकर्मीसँग अन्तरक्रिया गरिएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कालाखेतीले आफु यहाँ पालिकामा कमाउन आएको होइन, जनताको काम गर्न आएको हुँ साथै आफ्नो पालिकालाई सुशासनतर्फ लैजान्छु र भष्ट्राचारविहिन बनाउने प्रतिवद्धता समेत व्यक्त गर्न कुरा बताउनु भयो । साथै गाउँपालिका सदैव सञ्चारकर्मीहरु सँगको सहकार्य र समन्वयमा अघि बढ्ने बताउनु भयो । उनले राज्यको अभिन्न अंगको रुपमा रहेको सञ्चारजगतलाई स्थानीय सरकारले साथमा लिएर पालिकाका कमीकमजोरी देखाउने र सुधार्दै लैजान पालिका अग्रसर रहने बताउनु भयो । साथै सबै पत्रकार एकै खालका नहुने बताउदै कर्मचारीहरु पनि बिभिन्न स्वाभावका रहेकाले कहिँकतै भष्ट्रमा लिप्त भेटिएको खण्डमा मलाई भन्नुस् म कारवाहीको लागि तयार रहेको समेत बताउनु भयो .नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथ्यता गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको रहेको थियो ।
म जनताको सेवक हु, कमाउन आएको होइन, भ्रष्ट्राचार हुन दिन्नः अध्यक्ष कालाखेती
सेयर गर्नुहोस्