हेटौंडा | राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो २ः३१ बजेबाट सुरु हुने छ ।
आजको बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन भने अर्थमन्त्री डा प्रकाशशरण महतले विनियोजन विधेयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्य सूची रहेको संसद सचिवालयले जनाएको छ ।
सेयर गर्नुहोस्