रेडियो थाहासञ्चारले मनायो मकवानपुरगढिमा धान दिवस

हेटौंडा टुडे
१५ असार २०८०, शुक्रबार २२:२३

हेटौंडा / रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाले मकवानपुरगढिमा २० औं राष्ट्रिय धान दिवस मनाईएको छ । वाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहकार्य तथा महिन्द्रा एग्रो सोलुशन्सको सहयोगमा रेडियो थाहासञ्चार हेटौंडाले मकवानपुर जिल्लाकै सबै भन्दा बढि धान उत्पादन हुने मकवानपुरगढि गाउँपालिकामा गाउँपालिका प्रमुख , वडा अध्यक्ष सहित सयौं जनाको सहभागितामा स्थानीय किसानको खेतमा सामुहिक धान रोपेर दिवस मनाईएको हो ।
रेडियो थाहासञ्चार हेटौंडाका स्टेशन म्यानेजर गोकुल अधिकारीको सभाध्यक्षतामा भएको रोपाँई कार्यक्रममा मकवानपुरगढि गाउँपालिकाका प्रमुख  दोर्जे लामा  स्याङतानको प्रमुख आतिथ्यता रहेको थियो । हिलोमा धान रोप्न खेतमा पुगेका पालिका अध्यक्ष लामाले मकवानपुरगढिको समृद्धिको आधार नै कृषि भएको बताएका छन् । उनले गढि गाउँपािलकामा हाल १४ सय हेक्टर जमिनमा धान खेति हुने गरेको बताए । अघिल्लो वर्षहरुमा २ हजार हेक्टर जमिनमा धान खेती हुने भएपनि अहिले धानखेती कम हुँदै गएको दुखेसो पोखे । पालिका अध्यक्ष लामाले पालिका वर्षेनी ६५ हजार मेट्रिक टन धान उत्पादन भईरहेको बताउँदै उपभोग गरे बाँकी रहेको धान बिचौलीयको हातमा नभई सिंधै उपभोत्तालाई विक्रि गर्न सकिने बताए । त्यसका लागि गाउँपालिकाले पनि सहयोग गरिरहेको उनले बताए । अध्यक्ष लाामाले पछिल्लो समय धान खेतीमा कमि आईरहेको भन्दै जमिन बाँझो नराख्न किसानहरुलाई आग्रह गरे ।
त्यसैगरी गढि गाउँपालिका वडा नम्वर-५ का अध्यक्ष दिपेश दाहालले कृषिको माध्यमबाट समग्र पालिकाको समृद्धिको आधार तय गरेको र यान्त्रीकरणको वडाले पनि बजेटको व्यवस्था गरेको बताए । उनले प्रबिधिको प्रयोग गरी कृषिलाई व्यवसायीकरण गरेर अघि बढे मात्र किसानले यसबाट लाभ लिन सक्ने बताउँदै यान्त्रिकरणका लागि किसानलाई बिशेष अनुदानको व्यवस्था गरिएको बताए । रोपाँई कार्यक्रममा महिन्द्रा एग्रो सोलुशन्सको प्रतिनिधि दोर्जे लामा तितुङ् , बुङ्दल सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष चन्द्र प्रसाद दुलाल , गढि -५ स्थित आधारभुत प्राथमिक विद्यालयका प्रधानध्यापक प्रल्हाद घिमिरे लगायतको आतिथ्यता रहेको थियो । गढि गाउँपालिका -५ सिमलटार , धादिङमा भएको रोपाईमा दहि चिउरा समेत खाएर कार्यक्रमको समापन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*