हेटौंडा उपमहानगरको सडक विस्तार गर्ने सर्वसम्मत निर्णय

हेटौंडा टुडे
१६ असार २०८०, शनिबार १७:५१

हेटौडा । शनिबार बसेको हेटौंडा उपमहानगरपालिकाको १३ औं नगरसभाको दोस्रो वैठकमा हेटौंडा बजार क्षेत्रको सडक विस्तार गर्ने निर्णय सर्वसम्मत गरेको छ । सडक विस्तारको विषयमा जिल्लाका दलहरुवीच मतभिन्नता सिर्जना भइरहेको अवस्थामा शनिबार बसेको हेटौंडा उपमहानगरपालिकाको १३ औं नगरसभाको दोस्रो वैठकमा सहभागी सम्पूर्ण जनप्रतिनिधिले ताली बजाएर सर्वसम्मतरुपमा उक्त निर्णय गरेका हुन् । डिभिजन सडक कार्यालयले हेटौंडा बजार क्षेत्रमा २५ मिटर सडक विस्तार गर्न असार १० गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*