हेटौँडा उपमहानगरपालिकाको बजेट पारित

हेटौंडा टुडे
१६ असार २०८०, शनिबार १८:०९

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बजेट पारित भएको छ । शनिबार बसेको १३ औं नगरसभाको दोस्रो वैठकले आगामी आर्थिक बर्ष २०८० / ०८१ को कुल २ अर्ब ६८ करोड ६० लाख १० हजार ८ सय रुपैयाँको बजेट पारित गरेको हो। नगरसभाको असार २ गते सम्पन्न १३ औं बैठकमा उममेयर राजेश बानियाँले आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रम मार्फत कुल २ अर्ब ६८ करोड ६० लाख १० हजार ८ सय रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image