हेटौडा। प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ र विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसपछि राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि प्राप्त संशोधनहरुलाई निणयार्थ प्रस्तुत गरिनेछ र विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश हुने सम्भावित कार्यसूची छ ।
सेयर गर्नुहोस्