मनहरीको जंगलमा ३२ किलो अजिंगर फेला

हेटौंडा टुडे
१७ असार २०८०, आईतवार ११:२७

हेटौंडा| मनहरी गाउँपालिका वडा नम्वर ३, हाँडीखोलास्थित लामिटार जंगलमा अजिंगर फेला परेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको लामिटार सेक्टर पोष्टका रेञ्जर विष्णु पौडेलका अनुुसार अजिंगर फेला परेको हो । उक्त अजिंगर साढे ३२ किलो रहेको छ ।

घर नजिकको जंगलमा अजिंगर देखिन थालेपछि स्थानीय त्रसित बनेका छन् । अजिंगरले हाँडी खोलाको लामिटार जंगलमा बोका मारेको बताईएको छ ।

ती अजिंगरलाई स्थानीय युवाहरूले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाइको छ ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image