हेटौंडा । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । योसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५५० रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सेयर गर्नुहोस्