नेपाललाई एसीसी यू–१६को उपाधि

हेटौंडा टुडे
१९ असार २०८०, मंगलवार १३:१४

हेटौंडा| मलेसियालाई पराजित गर्दै नेपालले एसीसी यू–१६ इष्ट जोन कपको उपाधि हात पारेको छ ।

मंगलबार मलेसियाको बायुमास ओभलमा भएको फाइनल खेलमा जितको लागि २ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अल आउट भयो ।

मलेसियाका मोहम्मद अक्रमले १० रन बनाए । अन्य कुनैपनि ब्याटरले नेपाली बलर सामु दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा ७ रन खर्चेर ५ विकेट लिए । सन्तोष यादवले ३ तथा अशोक धामी र सन्तोष गरलेले १/१ विकेट लिए ।

योसँगै नेपालले प्रतियोगिताको उपाधि जितेर ह्याट्रिक गरेको छ । नेपालले यसअघि सन् २०१७ र २०१९ मा पनि प्रतियोगिताको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image