लागुऔषध गाँजा सहित ६ जना पक्राउ

हेटौंडा टुडे
१९ असार २०८०, मंगलवार १७:३३

हेटौंडा |  हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेक प्वाईन्टबाट लागुऔषध गाँजा सहित ६ जना पक्राउ परेका छन् । पूर्वपश्चिम सडकखण्ड अन्तर्गत चितवनबाट बीरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५च ३३८४ नम्बरको कारबाट४७ किलोग्राम गाँजा बरामद गरी ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image