हेटौंडा| पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ बाट अबैध सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ बस्ने ३३ बर्षीय सन्तोष शाह सुनार रहेका छन् ।
प्रहरी बरिष्ठ नायव निरीक्षक मन्जु कुमारी रानाको कमाण्डमा खटिएको चेकिङ टोलीले काठमाडौंबाट बीरगंजतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख १८०३ नम्बरको यात्रु बहाक बसमा सवार सुनारलाई ३ वटा ब्रासलेट अर्थात १७५ ग्राम सुन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । उनलाई नियन्त्रणमा लिएर थप अनुशन्धान कार्य भइरहेको उनले बताए ।
सेयर गर्नुहोस्