हेटौडा । उच्च शिक्षामा छोरीको पहुँच पुगोस भन्ने अभिप्रायले सुरु गरिएको मकवानपुर गढी गाउँपलिकामा उपध्यक्ष छात्रवृति कार्यक्रम मकवानपुरगढी गाउँपलिकामा सम्पन्न भएको छ । मकवानपुरगढी गाउँपालिकामा यो वर्ष ८० जना छात्राहरुलाई छात्रबृत्ति प्रदान गर्दै बिहिबार कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९ र ८० को विनियोजित बजेटबाट गाउँपालिका उपाध्याक्ष छात्रवृत्ति कार्यक्रमा अन्तर्गत कार्यक्रम आज सम्पन्न भएको हो । मकवानपुरगढी गाउँपालिकाका आठै वटा वडा बाट जम्मा ८० जना छात्राहरुलाई छात्रवृति प्रदान गरिएको हो । प्रत्येक वडा बाट १० जनाको दरले नगद रु दस हजारका दरले रु आठ लाख रुपैया छात्रवृति प्रदान गरिएको हो ।
माध्यमिक तह कक्षा ११ देखि उच्च शिक्षा अध्ययन गर्ने गरिब, बिपन्न , जेहेन्दार ,छात्रा विद्यार्थीहरुलाई गाउँपालिकाले छात्रवृत्ति प्रदान गरेको हो । विशेष गरि परिवारको आर्थिक अभावका कारण महिला विद्यार्थीहरुले विद्यालय छाड्नु पर्ने वातावरण नहोस भन्नका लागि उपाध्याक्ष छात्रवृत्ति कार्यक्रम संचालन गरेको गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले बताउनु भयो । कसैले पनि उच्च शिक्षा अध्यनको लागी आर्थिक अभावकै कारण विद्यालय छाड्ने अवस्था नआओस भन्नका लागि स्थानीय सरकार तर्फबाट पालिकाले यो कार्यक्रम सन्चालन गरि छात्रवृत्ति वितरण गरेको र यो कार्यक्रमले कापी कलम तथा ड्रेस किन्न नसक्ने परिवारका लागि विद्यालय छोडेर गाउँघरमा खेतीपाती नै गरेर आफ्नो जिबिको पार्जन चलाउन पर्न बाध्यता केहि हद सम्म हट्ने यो परिपाटीको अन्त्यका लागि यो कार्यक्रम फलदायी हुने विश्वास लिएको नेपालीले बताउनु भयो ।
उनका अनुसार छात्रवृत्ति कार्यक्रमले विद्यार्थीमा पढ्ने हौसला बढ्ने र परिवारमा आर्थिक अबस्था कमजोर भएका छात्रहरुलाई स्थानीय सरकार भएको महसुस हुने कुरा बताउनु भयो । साथै आमा साक्षर भए मात्र उनीहरूको छोरा छोरीकहरू साक्षर हुने र अनि मात्र छोरीको पहुँच उच्च शिक्षातिर लम्कने नेपालीले बताउनु भयो ।
बुधबार मकवानपुरगढी वडा नम्बर ७ सुकौराबाट सुरु गरेको छात्रवृति कार्यक्रमा आज वडा नम्बर ३का १० जनालाई छात्रवृत्ति प्रदान गरि कार्यक्रमा सम्पन्न भएको छ । छात्रवृति कार्यक्रम मकवानपुरगढी गाउँपलिका भित्र रहेका माध्यामिक बिध्यालय अध्ययन गर्ने र उच शिक्षा अध्यनका लागि मकवानपुर जिल्ला भित्र रहेको अन्य शैक्षिक सस्थाहरुमा अध्ययन गर्न छात्राहरुलाई प्रदान गरिएको थियो ।