हेटौडा । राष्ट्रिय सभाको आज सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको छ ।
सोमबार ११ बजे बस्ने गरी बोलाएको बैठक विशेष कारणवश भोली मंगलबार ११ बजे बस्ने गरी स्थगित गरिएको राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ ।
आइतबार सदन खुलाउन एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति गरे पनि सहमति भएको आधा घण्टामै भाँडिएको थियो ।
सेयर गर्नुहोस्