शेयर बजारमा गिरावट

हेटौंडा टुडे
२५ असार २०८०, सोमबार १७:०३

हेटौंडा| आज साता कारोबारको दोस्रो दिन अर्थात समेबार शेयर बजारमा गिरावट आएको छ । साताको पहिलो दिन २८ अंकले बढेको शेयर बजारमा आज सामान्य गिरावट आएको छ ।

आज नेप्से ०.८० अंकले घट्दा २०७६.९६ को विन्दुमा कायम भएको छ । सूचीकृत २९३ कम्पनीको १ करोड १८ लाख २३ हजार ३५ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज सात उपसूचकमा हरीयाली छाएको छ । आज सबैभन्दा धेरै फाइनान्सको उपसूचक वृद्धि भएको देखिएको छ । फाइनान्सको उपसूचक २.७१ प्रतिशतले बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*