हेटौडा । दैलेख जिल्ला अदालतले सोमबार १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ५० वर्षीय उनका बुवालाई ३३ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
गत चैत्र १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत्र २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो । सोही उजुरीका आधारमा पक्राउ परेका ती व्यक्तिलाई जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले ३३ वर्षको कैद फैसला सुनाएको हो ।उनलाई बलात्कार गरेको पुष्टि भएपछि हाडनातामा २५ वर्ष र पीडितको उमेरअनुसार हुने बलात्कार सजाय ८ वर्षसमेत थपेर कसुरदारलाई ३३ वर्ष कैद गरिएको अदालतले जनाएको छ ।
फैसलमा ३ लाख जरिवाना, ५० हजार पीडित बालिकालाई क्षतिपूर्ति र दुई हजार आठ सय पीडित राहत कोषमा पीडकबाट भराउने समेत उल्लेख भएको अदालतका सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए ।
सेयर गर्नुहोस्